नेकपाले किन बोलायो पेरिसडाँडामा सचिवालय बैठक ?

संवैधानिक आयोगको रिक्त पदमा नियुक्ति प्रक्रिया अघि बढाउन सहमत :

भाद्र ३१,२०७७

-

भदौ ३१,२०७७ काठमाडौं ।
 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ।
 
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सचिवालय बैठक बोलाउने सहमति भएको हो।
 
स्रोतका अनुसार शुक्रबार ११ बजे बस्ने सचिवालय बैठक पेरिस डाँडामा बस्ने भएको छ।
 
नेकपा गठन हुनुभन्दा पहिला पेरिस डाँडामा पूर्वमाओवादीको पार्टी कार्यालय थियो। धुम्बाराहीमाभन्दा पेरिस डाँडामा बैठक बस्न सजिलो हुने भएकाले पेरिस डाँडामा बोलाइएको स्रोतले बतायो।
 
यसअघि नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरेको थियो।
 
यस्तै, संवैधानिक आयोगको रिक्त पदमा नियुक्ति  प्रक्रिया अघि बढाउन नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमत भएका छन् ।
 
प्रधानमन्त्रीसमेत रहेका ओली र दाहालबीच बुधबार बिहान बालुवाटारमा भएको भेटवार्तामा संवैधानिक निकायका रिक्त पदमा नियुक्ति गर्ने समझदारी भएको हो।
 
यसका लागि भोलि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित बैठक बसेर संवैधानिक आयोगका रिक्त पदमा क(कसलाई टुंग्याउने भन्ने टुंगोमा पुगिने नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।