आर्थिक प्रसङ्ग
श्रावण ०६,२०७४
-
६ श्रावण,काठमाडौं-
पछिल्लो समय सुनको बजार भाउ उकास्सिएको छ ।
अहिले नेपाली बजारमा सुनको भाउ प्रतितोला ५४ हजार रुपैयाँले कारोबार भएको छ ।
हिजो सम्म प्रतितोला ५३ हजार ७ सय रुपैयाँमा कारोवार भएको सुनको भाउ आज तोलामा ३ सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तोलामा एक सय रुपैयाँ घटेको सुनको भाउ उक्लिएको हो ।
आज बजारमा चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेको छ ।
आज चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोवार भइरहेको छ ।
प्रमुख समाचार