म्यानचेस्टर सिटीको काराबाओ कप फुटबलमा संघर्षपूर्ण जीत

आश्विन ०९,२०७७

-

असोज ९, २०७७ काठमाडौं ।
प्रिमिर लिग क्लब म्यानचेस्टर सिटीले काराबाओ कप फुटबलमा संघर्षपूर्ण जीत हासिल गरेको छ । बिहीबार राति भएको खेलमा बर्नमाउथमाथि २-१ गोलको संघर्षपूर्ण जीत हात पारेको हो ।
 
खेलमा सिटीका लागि लिअम डेलेप र फिल फोडेनले एक एक गोल गरे । बर्नमाउथका लागि साम सुरेड्जले एक गोल फर्काए ।
 
१८ औं मिनेटमा डेलेपले गोल गर्दै सिटीलाई अग्रता दिलाएका उनले फिल फोडेनको पासमा गोल गर्दै सिटीलाई १-० को अग्रता दिलाए ।
 
डेलेपले गोल गरेको चार मिनेटमै बर्नमाउथका स्ट्राइकर सामले गोल गरेर खेल पहिलो हाफमा १-१ को बराबरीमा ल्याए ।
 
दोस्रो हाफमा भने दुबै टोलीले गोलका लागि निकै नै संघर्ष गरे । खेलको ७५ औं मिनेटमा सिटीले गोल गर्दै पुनः खेलमा अग्रता लियो । सिटीका लागि फोडेनले गोल गर्दै २-१ को संघर्षपूर्ण जीत दिलाए ।
 
जीतसँगै सिटी काराबाओ कपको अर्को चरणमा प्रवेश गरेको छ । बर्नमाउथ भने पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।