खोप आउनु अघि नै कोरोनाबाट २० लाख मानिसको मृत्यु हुनसक्ने डब्ल्यूएचओको चेतावनी

आश्विन १०,२०७७

-

असोज १०,२०७७ काठमाडौं ।
 
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड १९) बाट झण्डै २० लाख मानिसको ज्यान जान सक्ने चेतावनी दिएको छ ।
 
कोरोना भाइरसविरुद्धको खोप प्रयोगमा आउनुभन्दा अघि नै २० लाख मानिसको मृत्यु भइसक्ने डब्ल्यूएचआले बताएको छ । कोरोना संक्रमणका कारण हालसम्म विश्वभर करिब १० लाख मानिसको मृत्यु भइसकेको छ ।
 
डब्ल्यूएचओका आपतकाल विभाग प्रमुख माइक राइनले अन्तर्राष्ट्रिय एकता बलियो भएमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या सोचेभन्दा कम हुने बताएका छन् ।
 
यस्तै, बेलायत लगाएतका केही मुलुकमा महामाीको दोस्रो लहर सुरु भएको छ । केही समय थोरै मानिसमा संक्रमण देखिए पनि हाल भने संक्रमितकोे संख्या बढ्न थालेको छ ।
 
अहिले विश्वभर ३ करोड २७ लाख बढी मानिसमा कोरोना पुष्टि भएको छ । अमेरिकामा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख नाघेको छ ।