Trending :
 

आर्थिक प्रसङ्ग

७ दिनको लागि १० अर्ब पुँजी तान्दै नेपाल राष्ट्र बैंक

श्रावण ०८,२०७४

-

८ श्रावण,काठमाडौँ- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ७ दिनको लागि १० अर्ब पुँजी तान्ने भएको छ । श्रावण ८ गतेदेखि श्रावण १५ गतेसम्मको परिपक्व अवधि रहेको १० अर्ब बराबरको रिर्भस रिपो राष्ट्र बैंकले जारी गर्न लागेको हो । बैंकहरुमा तरलता धेरै भएमा र लगानी गर्ने नसकेमा राष्ट्र बैंकले उनीहरुको प्रणालीबाट रकम खिच्ने गर्छ । बैंकहरुको समग्रमा यसअघि तरलताको अनुपात ३१ प्रतिशतसम्म देखिएको भएपनि हाल २५ प्रतिशतको दरमा रहेको तथ्यांक केही दिन अघिको कार्यक्रममा पुर्व बैंकर अनलराज भट्राईले प्रस्तुत गरेका थिए ।