समिक्षा अधिकारी र सुदिप कुँवरको “मायालु जहिले रिसाउनी”

आश्विन १२,२०७७

-

असोज १२, २०७७ काठमाडौं ।
गायिका समिक्षा अधिकारी र सुदिप कुँवरको स्वरमा रहेको गीत “मायालु  जहिले रिसाउनी” को भिडियो सार्वजनिक भएको छ । गीतमा विष्णु नेपालले शब्द रचना गरेका हुन् । 
 
गीतमा सुदिप कुँवारकै संगीत र केशब बडुुको एरेन्ज रहेको छ । कुँवारले निर्देशन गरेको भिडियोमा शेर बहादुरको छायांकन, सुजन बडालको सम्पादन रहेको छ । 
 
भिडियोमा बाल कलाकार आरभि अर्यालको पनि अभिनय रहेको छ । भिडियोमा गायिका समिक्षालाई सुदिप कुँवारले फकाइरहेको देख्न सकिन्छ ।