श्रावण ०९,२०७४
-एजेन्सी
९ श्रावण/मोनाको-
जमैकाका धावक उसेन बोल्टले मोनाकोमा भएको डायमन्ड लिगको सय मिटर दौडमा स्वर्ण पदक जितेका छन् । आठवटा ओलम्पिक पदक विजेता बोल्टले अमेरिकाका इसिहा यंगलाई पछाडि पार्दै ९ दशमल ९५ सेकेन्डमा सय मिटर दूरी पूरा गरे ।
उनले यस वर्ष १० सेकेन्डभन्दा कम समयमा सो दूरी पूरा गरेको पहिलोपटक हो । यंगले भने ९ दशमल ९८ सेकेन्डको टाइमिङ निकालेका थिए । दक्षिण अफ्रिकाका अकानी सिमबाइनले १० दशमल शून्य २ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य
पदक जिते । बोल्टले एक महिनापछि लन्डनमा हुने विश्व च्याम्पियनसिपपछि सन्न्यास लिदै छन् । लन्डनमा उनले सय मिटर र ४ गुणा १ सय मिटर रिलेमा सहभागिता जनाउनेछन् । बोल्टले सन् २०१६ मा भएको रियो ओलम्पिकमा दुईवटा स्वर्ण पदक जितेका थिए ।
सन् २०१७ को ४ देखि १३ अगस्टसम्म लन्डनमा हुने च्याम्पिनसिपका लागि आफू तयार रहेको संकेत शुक्रबार दिइसकेका छन् । जसले उनको बिदाइ रोमाञ्चक हुने विश्वास लिइएको छ । दक्षिण अफ्रिकाका धावक निएकेर्कले ४ सय मिटर स्पर्धामा स्वर्ण जिते ।
उनले ४३ दशमल ७३ सेकेन्डको टाइमिङ निकाले । दोस्रो स्थानमा इसाक माकवाला रहे । उनले ४३ दशमल ८४ सेकेन्डको समय निकाले । यो उनको व्यक्तिगत सर्वश्रेष्ठ टाइमिङ हो ।
प्रमुख समाचार
सम्वन्धित समाचार