ज्वरो नघटेपछि कोरोना संक्रमित राष्ट्रपति ट्रम्प सैन्य अस्पताल भर्ना
-
असोज १७,२०७७ काठमाडौं ।
कोरोना भाइरसबाट संक्रमित अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई अस्पताल भर्ना गरिएको छ ।
ज्वरोसहित कोभिड १९ का सामान्य लक्ष्णहरु देखिन थालेपछि ट्रम्पलाई वाल्टर रिड नेशनल मिलिटरी मेडिकल सेन्टरमा भर्ना गरिएको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।
ज्वरो आएपनि ट्रम्पको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ । ट्रम्पलाई अहिले नै अस्पताल भर्ना गर्नुपर्ने अवस्था नरहेको भएपनि आवश्यक सावधानी र सतर्कताका लागि अस्पताल लगिएको ह्वाईट हाउसको तर्क छ ।
अमेरिकी राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पलाई हिजो कोरोना संक्रमण पुष्टि भएको थियो ।
आफ्ना नजिकका सहयोगी होप हिक्सलाई संक्रमण पुष्टि भएलगत्तै गरिएको पिसिआर परिक्षणमा ट्रम्प दम्पत्तिको पनि पिोर्ट पजेटिभ आएको थियो ।
राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमण भएको सार्वजनिक भएलगत्तै नोभेम्बर ३ मा हुने राष्ट्रपतीय चुनाव प्रभावित हुने हो कि भन्ने आशंका समेत जन्मिएको छ ।
अमेरिकामा कोरोना महामारीको नियन्त्रणलाई लिएर राष्ट्रपति ट्रम्पको ब्यापक आलोचना हुने गरेको छ । कोरोनाबाट अमेरिका विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक हो । एजेन्सी