Trending :
 

राष्ट्रपति ट्रम्प अर्को सातादेखी नियमित काममा फर्कने

आश्विन २३,२०७७

-

असोज २३,२०७७ काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आउँदो हप्तादेखि नियमित काममा फर्किने भएका छन्।
 
कोरोना पोजेटिभ देखिएपछि आइसोलेशनमा बस्नुभएका ट्रम्पको स्वास्थ्यमा केही खराबी नभएकाले अर्को हप्तादेखि नियमित काम फर्किन सक्ने डाक्टरले बताएका छन् ।
 
उपचारमा संलग्न डाक्टर सिअन कानले राष्ट्रपति ट्रम्पमा कोरोना सङ्क्रमणको कुनै लक्षण नदेखिएको र स्वास्थ्य अवस्था स्थिर रहेकाले अब नियमित काममा फर्कन सक्ने बताएका हुन् ।
 
उनले सङ्क्रमण पुष्टि भएको १० दिनपछि ट्रम्प सार्वजनिक कार्यक्रममा पनि सहभागी हुन सक्ने बताए । डाक्टरको यो भनाइ आएसँगै ट्रम्पले आज फेरि कोरोना परीक्षण गर्ने तयारी भएको बीबीसीले जनाएको छ ।