Trending :
 

आर्थिक प्रसङ्ग

नेपाल टेलिकमको डाटा प्याकेज अब अनलाइन बाटै

श्रावण १०,२०७४

-

१०,२०७४ श्रावण,काठमाडौँ-

नेपाल टेलिकमको डाटाप्याकेज अब अनलाइन माध्यमबाटै खरिद गर्न सकिने भएको छ ।

टेलिकमका अनुसार कम्पनीले उपलब्ध गराउँदै आएको विभिन्न डाटा प्याकेज अब नेपाल टेलिकमको वेबसाइटबाटै खरिद गर्न सकिने भएको हो ।

अब नेपाल टेलिकमको यो सुविधाका लागि ‘अफर डट एनटीसी डट एनइटी डट एनपी' मा लग अन गर्नुपर्ने कम्पनीले जनाएको छ ।

लग अनपश्चात आफूले प्रयोग गर्ने जीएसएम वा सीडीएमए मोबाइलका विभिन्न डाटा प्याकेज छनोट गर्न सकिनेछ । विभिन्न डाटा प्याकेजको मूल्य र समयावधिसमेत अनलाइनमै उल्लेख गरिएको छ ।

त्यसपछि ग्राहकले आफ्नो मोबाइल नम्बर र पीयूके नम्बर राख्नुपर्नेछ । आफ्नो सिमको पुक नम्बर थाहा पाउनका लागि १४१५ मा एसएमएस गर्न सकिने कम्पनीले जनाएको छ ।

सबै विवरण भरेर बाई डाटा प्याक बटन थिचेपछि मोबाइलमा आवश्यक डाटा प्याकेज उपलब्ध हुनेछ ।

यसका लागि मोबाइलमा आवश्यक ब्यालेन्स हुन आवश्यक छ । नेपाल टेलिकमको डाटा प्याकेज आफ्नो मोबाइलमा स्टार १४१५ ह्यास डायल गरेर पनि लिन सकिन्छ ।