Trending :
 

मनोरञ्जन गतिविधि

'माँम' मा मुख्य रुपमा देखिँदै श्रीदेवी

श्रावण ११,२०७४

-एजेन्सी

११ श्रावण/मुम्बई-

केही समयअघि ‘इङ्लिस भिङ्लिस’ फिल्ममा चरित्र अभिनेत्रीको भूमिकामा देखिएकी बलिउड अभिनेत्री श्रीदेवी नयाँ फिल्म ‘माँम’मार्फत पुन नायिकाका रूपमा दर्शकमाझ आउँदै छिन् ।

यो फिल्म आफ्ना लागि विशेष फिल्म भएको यी अभिनेत्रीले बताएकी छन् ।

आफूले अभिनय गरेको यो ३००औं फिल्म भएको र यो चलचित्र दर्शकलाई श्रीदेवीको विशेष फिल्म लाग्ने यी अभिनेत्रीको भनाइ छ ।

श्रीदेवीले सन् १९९० को दशकको फिल्म अभिनयबाट केही समयका लागि विश्राम लिएकी थिइन् ।

त्यतिबेला उनको फिल्म चल्न छाडेको थियो । सन १९९७ मा फिल्म ‘जुदाई’बाट फेरि अभिनयमा फर्केकी श्रीदेवीको सो फिल्म निकै चलेको थियो ।

श्रीदेवीले निर्माता बोनी कपुरसँग सुटुक्क विवाह गरेपछि उनी फेरि अभिनयबाट हराएकी थिइन् ।

आफ्ना प्रशंसकका लागि माँम छुटाउन नहुने फिल्म बनेको पनि श्रीदेवीले बताएकी छन् ।