उपत्यकामा थपिए २४ सय २ कोरोना संक्रमित

आश्विन ३०,२०७७

-

असोज ३०,२०७७ काठमाडौं ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २४०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १७८४, भक्तपुरमा २४४ र ललितपुरमा ३७४ गरी जम्मा २४०२ जना संक्रमित थपिएका छन् ।
 
यसअघि विहीबार ९हिजो० काठमाडौंमा १६९३, भक्तपुरमा १३४ र ललितपुरमा १०८ गरी जम्मा १९३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।