पर्सामा छापा मारेर साढे २२ किलो सुन बरामद

२ दिन अगाडि



कात्तिक १,२०७७ काठमाडौं ।
 
पर्साको वीरगञ्जबाट साढे २२ किलो सुन बरामद भएको छ ।
 
प्रहरीले वीरगञ्ज महानगरपालिका-६,रेशमकोठीसिथत गणेश अपार्टमेन्टमा छापा मारेर साढे २२ किलो सुन बरामद गरेको हो । प्रहरीका अनुसार निलो प्लास्टिकमा पोको पारिएको अवस्थामा २२ किलो ५६७ ग्राम सुन बरामद गरिएको हो ।
 
जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गंगा पन्त नेतृत्वको टोलीले सो सुन बरामद गरेको हो ।
 
प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी धीरज प्रताप सिंहले विशेष सूचनामा आधारमा प्रहरीले अपार्टमेन्टमा छापा मारेको बताए ।
 
सो अपार्टमेन्टमा भारतीय नागरिक आशोक सिन्हा भाडामा बस्दै आएका थिए । प्रहरीले सुन बरामद गरेपनि कसैलाई नियन्त्रणमा भने लिएको छैन । सुनबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।