Trending :
 

अन्तराष्ट्रिय प्रसङ्ग

साउदीमा १४ जनालाई मृत्युदण्ड:एम्नेस्टी

श्रावण ११,२०७४

-एजेन्सी

११ श्रावण/दुबई-

दंगा, चोरी र विद्रोहमा सामेल भएको आरोपमा पक्राउ परेका १४ जना साउदी नागरिकलाई गैरन्यायिक रूपमा सामूहिक मृत्युदण्ड दिन लागिएको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ ।

एम्नेस्टीले गत आइतबार मात्रै १५ जना अन्य साउदी नागरिकविरुद्ध इरानी मुस्लिम सियालाई सघाउनका लागि जासुसी गरेको आरोपमा मृत्युदण्डको सजाय तोकिएको जनाएको छ ।

विश्वका केही मुलुकमध्ये साउदी अरबमा मृत्युदण्डको दर बढी रहेको छ । अति रूढीवादी मुस्लिम राज्य साउदी अरबमा यस वर्ष मात्र ६६ जनालाई विभिन्न अभियोगमा मृत्युदण्ड दिइएको लन्डनस्थित मानव अधिकारवादी संस्थाले जनाएको छ ।

एम्नेस्टीले भनेको छ, ‘अरबको सर्वाेच्च अदालतले मृत्युदण्डको सजाय तोकेका १४ जनालाई यहाँको राजनीतिक नेतृत्वविरुद्ध सशस्त्र विद्रोह गरेको र विभिन्न दंगा तथा चोरी प्रकरणमा सामेल भएको फैसलामा छ ।’ उनीहरूलाई साउदी राजा सलमानको हस्ताक्षरपछि मृत्युदण्ड दिइने कानुनी प्रावधान रहेको छ । उनले अदालतको फैसलालाई ‘अदालतको झुटा प्रक्रिया बताउँदै यसले अन्तर्राष्ट्रिय न्यायिक सुनुवाइको मापदण्डमाथिको उपहास’को संज्ञा दिइएको छ ।

यो राजनीतिक रूपमा फरक विचार राख्ने प्रतिपक्षीमाथिको आक्रमण भएको टिप्पणी गरिएको छ ।