इंग्लिस प्रिमियर लिगः आर्सनलद्धारा म्यानचेस्टरलाई १-० ले पराजित

कार्तिक १७,२०७७

-

कात्तिक १७,२०७७ काठमाडौं ।
इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले संघर्षपूर्ण जित निकालेको छ ।
 
आइतबार राति भएको खेलमा आर्सनलले म्यानचेस्टर युनाईटेडलाई १-० गोलको झिनो अन्तरले पराजित गरेको हो ।
 
युनाईटेडको मैदानमा आर्सनललाई जित दिलाउन पिएरे इमिरिक औबामियाङले निर्णायक गोल गरे ।
 
खेलको ६९औँ मिनेटमा औबामियाङले पेनाल्टीबाट निर्णायक गोल गरेका हुन् ।
 
युनाईटेडका पाउल पोग्बाले आफ्नो पेनाल्टी क्षेत्रमा हेक्टर बर्लिनलाई फउल गरेपछि आर्सनलले पेनाल्टी पाएको थियो । जसमा औबामियाङले सहज गोल गरे ।
 
जितसँगै आर्सनलले ७ खेलमा १२ अंक तालिकाको आठौँ स्थानमा रहेको छ ।