सुदिप लम्सालको शब्द रचना र कमल खत्रीको स्वरमा रहेको गीत ‘याद’ सार्वजनिक

कार्तिक १८,२०७७

-आस्था न्यूज

कार्तिक १८, २०७७ काठमाडौं ।
 
गायक कमल खत्रीको आवाजमा रहेको ‘याद’ बोलको गीत सार्वजनिक भएको छ । गीतको म्यूजिक भिडियोलाई आस्था मिडियाको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
 
गीतमा सुदीप लम्सालको शब्द रचना रहेको छ भने गायक लम्सालले संगीत भरेका छन् ।
 
भिडियोमा सुदीप लम्साल र समीक्षा पोखरेलको अभिनय देख्न सकिन्छ । भिडियोलाई पवन सुस्लिङले छायांकन तथा सम्पादन  गरेका हुन् ।
 
भिडियोमा गीतकार लम्सालकै निर्देशन रहेको छ ।
 

गितको भिडियो हेर्नका लागि तलको लिंक क्लिक गर्नुहोस् :

https://www.youtube.com/watch?v=qTzVmqRttK0