च्याम्पियन्स लिगमा आरबी लेइप्जिगसँग पीएसजी २-१ ले पराजित

कार्तिक २०,२०७७

-आस्था न्यूज

कात्तिक २०,२०७७ काठमाडौं ।
च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) पराजित भएको छ ।
 
समूह एच अन्तर्गत बुधबार राति भएको खेलमा ९ खेलाडीमा सीमित भएको पीएसजीलाई आरबी लेइप्जिगले २-१ ले पराजित गर्‍यो ।
 
सुरुको छैटौँ मिनेटमा नै एन्जल डी मारियाले गोल गरेर पीएसजीलाई सुरुवाती अग्रता दिलाए पनि ४१औँ मिनेटमा एनकुन्कुले आरबीका लागि बराबरी गोल गरे ।
 
५७औँ मिनेटमा पाएको पेनाल्टीमा फोर्स्बर्गले गोल गरी आरबीलाई जिततर्फ अग्रसर गराए । ६९औँ मिनेटमा गुआइ र इन्जुरी समयको पाँचौँ मिनेटमा किम्पेम्बे दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि पीएसजी ९ खेलाडीमा सीमित भयो र अन्ततः खेल पीएसजीले खेल हार्‍यो ।
 
पराजित भएको पिएसजी तीन अंकसहित तेस्रो स्थानमा रहेको छ । जितसँगै आरबी ६ अंकसहित दोस्रो स्थानमा पुगेको छ ।