इंग्लिस प्रिमियर लिगः सेफिल्ड युनाइटेडविरूद्ध चेल्सीको जित

कार्तिक २३,२०७७

-

कात्तिक २३,२०७७ काठमाडौं ।
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले फराकिलो जित निकालेको छ ।
 
स्टामफोर्ड ब्रिजमा शनिबार भएको खेलमा चेल्सीले सेफिल्ड युनाईटेडलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
 
घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन टामी अब्राहम, बेन चिलवेल, थियागो सिल्भा र टिमो वेर्नेरले एक एक गोल गरे ।
 
सेफिल्डका डेभिड म्याकगोल्ड्रिकले एक गोल फर्काए ।
 
नवौं मिनेटमा डेभिडले गोल गर्दै सेफिल्डलाई १-० को अग्रता दिलाएको खेलमा चेल्सीले पुनरागमन गर्दै फराकिलो जित आत्मसात गरेको हो ।
 
२३औं मिनेटमा अब्राहमले गोल गर्दै चेल्सीलाई १-१ गोलको बराबरीमा ल्याए ।
 
३४औं मिनेटमा चिलवेलले गोल गर्दै चेल्सीलाई २-१ को अग्रता दिलाए । ७७औं मिनेटमा सिल्भाले गोल गर्दै चेल्सीको अग्रता ३-१ को बनाए । ८०औं मिनेटमा वेर्नेरले गोल गर्दै चेल्सीलाई ४-१ को सहज जित दिलाए ।
 
जितसँगै चेल्सी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । चेल्सीले ८ खेलमा १५ अंक जोडेको छ ।