Trending :
 

राष्ट्रपतीय चुनाव हार्दा ट्रम्प विक्षिप्त, नतिजा स्वीकार गर्ने कि नगर्नेमा परिवारभित्रै विवाद

कार्तिक २४,२०७७

-

कार्तिक २४,२०७७ काठमाडौं ।
डोनल्ड ट्रम्पले राष्ट्रपतीय चुनाव हार्दा विक्षिप्त देखिएका छन् । यतिसम्म कि, उनी चुनावी नतिजा स्वीकार गर्न तयार छैनन् ।
 
अनपेक्षित पराजयले ट्रम्प दुखी र क्रेधित त भए नै उनको परिवारभित्रको सानो समूहमा पनि विभाजन देखिएको छ । २०२० को चुनावी नतिजा स्वीकार गर्ने सवालमा नै उनीहरुबीच मतभेद सुरु भएको छ । ट्रम्पकी पत्नी मेलानिया र ज्वाइँ जेर्ड कुसनरले राष्ट्रपति ट्रम्पलाई चुनावी नतिजा स्वीकार गर्न सल्लाह दिएका छन् । तर ट्रम्पका जेठी पत्नीतर्फका दुई छोराले लडाइँ जारी राख्न सुझाव दिएका छन् ।
 
कुस्नर ट्रम्पका ज्वाइँ र वरिष्ठ सल्लाहकार पनि हुन् । जसले ट्रम्पलाई पराजय स्वीकार गर्न सल्लाह दिएको अमेरिकी मिडियाले जनाएका छन् । यस्तै मेलानियाले पनि अब पराजय स्वीकार गर्ने बेला आएको भन्दै सुझाव दिएको कुरा विभिन्न स्रोतको हवाला दिँदै सिएनएनले जनाएको छ ।
 
ट्रम्पको पराजयसँगै उनकी पत्नी मेलानियाले अब सम्बन्ध बिच्छेद गर्ने तयारी गरेको समेत केही मिडियाको दावी छ । डेलीमेलले मेलानिया निकट स्रोत देखाउँदै उनीहरुको सम्बन्ध केही वर्षयता बिग्रिरहेको र अब सम्बन्ध बिच्छेदको मनस्थितिमा पुगेको डेलीमेलले जनाएको छ ।
 
यसैबीच ट्रम्पका दुई वयष्क छोरा डोनल्ड जुनियर र एरिकले सल्लाहकारहरुलाई दबाब कायम राख्न सुझाव दिएका छन् । साथै उनीहरुले रिपब्लिकन पार्टी र समर्थकहरुलाई सार्वजनिक रुपमै चुनावी नतिजा अस्वीकार गर्न आग्रह गरेका छन् ।
 
स्रोत उल्लेख गर्दै अमेरिकी मिडियाले लेखेका छन् कि, ट्रम्पको अभियान समूहको उद्देश्य भनेको सार्वजनिक रुपमा परीणामबारे अन्योल र आशंका पैदा गर्नु रहेको छ । साथै खुला छानविनका लागि दबाब दिन पनि उनीहरु प्रयासरत छन् ।
 
चुनावी नतिजाबाट रिपब्लिकनका धेरै नेता तथा समर्थक पनि दुखी बनेका छन् । उनीहरुमध्ये केहीले ट्रम्पले कानुनी लडाइँका लागि पनि सुझाव दिएका छन् । नतिजा अस्वीकार गर्नु भन्दा बरु कनुनी लडाइँमा जानु उचित भएको उनीहरुको सल्लाह छ ।