Trending :
 

एकै दिन सुनको मूल्य तोलामा ३ हजारले घट्यो

कार्तिक २५,२०७७

-

कार्तिक २५,२०७७ काठमाडौं ।
आज नेपाली बजारमा एकै दिन सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला तीन हजार ४०० रूपैयाँ घटेको हो ।
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९८ हजार २०० रूपैयाँ रहेको छापावाल सुनको भाउ आज ९४ हजार ८०० रूपैयाँ कायम गरिएको छ ।
 
यस्तै तेजाबी सुनको भाउ ९४ हजार ३०० रूपैयाँ कायम गरिएको छ । सोमबार तेजाबी सुनको भाउ तोलामा ९७ हजार ७०० रूपैयाँ थियो ।
 
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार प्रतितोला एक हजार २८५ रूपैयाँ कायम रहेको चाँदीको भाउ आज एक हजार २१५ रूपैयाँ कायम गरिएको छ ।