Trending :
 

ट्रम्पले पराजय नस्वीकार्नु लज्जास्पदः बाइडेन

कार्तिक २६,२०७७

-

कार्तिक २६, २०७७ काठमाडौं ।
अमेरिकी राष्ट्रपतीय चुनाव जितेका जो बाइडेनले  बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पले पराजय नस्वीकार्नु लज्जास्पद भएको बताएका छन् ।
 
ट्रम्पले चुनावको नतिजा स्वीकार गर्न नमान्नु वा हार स्वीकार नगर्नु ‘लाज’ को कुरा रहेको उनले बताए ।
 
गृहराज्य डेलवरको विलमिङ्गटनमा भएको पत्रकार सम्मेलनमा बाइडेनले भने, ‘यसले राष्ट्रपतिको लिगेसीलाई सहयोग गर्दैन ।’
 
विश्वका विभिन्न देशका नेताहरुसँग सम्पर्क गरिरहेका राष्ट्रपतिमा निर्वाचित बाइडेनले कुनै पनि अवस्थामा शक्तिको हस्तान्तरण नरोकिने बताए ।
 
जनवरी २० को शपथको दिनसम्म ट्रम्पले पराजय स्वीकार्नेमा आफू विश्वस्त रहेको पनि उनले उल्लेख गरे ।
 
तर ट्रम्पले ट्वीट गरेर अन्ततः आफूले चुनाव जित्ने उल्लेख गरेका छन् ।
 
राज्यहरुले इलेक्टोरल कलेज मतलाई डिसेम्बर १४ मा प्रमाणिकरण गरेपछि औपचारिकता पाउनेछ ।