टिच फर नेपाललाई ग्लोबल आइएमई बैंकको ८ लाख सहयोग

कार्तिक २६,२०७७

-

कात्तिक २६,२०७७ काठमाडौं ।
ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत टिच फर नेपालद्वारा संचालित टिच फर नेपाल फेलोसिप कार्यक्रमलार्ई ८ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
 
ग्लोबल आइएमई बैंकका बजार तथा व्यवसाय प्रबद्र्ध्रन विभाग प्रमुख शान्ता शिवाकोटी र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले आयोजित एक कार्यक्रमबीच उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । 
 
आइएमई बैंकका बजार तथा व्यवसाय प्रबद्र्ध्रन विभाग प्रमुख शिवाकोटीले यस्ता सामाजिक कार्यमा ग्लोबल आइएमई बैंक सदा अग्रसर रहेको जानकारी गराउनुभयो ।  
 
टिच फर नेपालको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले टिच फर नेपाल फेलोसिपलाई आर्थिक सहयोग प्रदान गरिएकोमा ग्लोबल आइएमई बैंक लिमिटेडलाई धन्यवाद व्यक्त गर्नुभयो । 
 
बैंकले स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ ।