भक्तपुर क्यान्सर अस्पताल अब सरकारको स्वामित्वमा संचालन

कार्तिक २८,२०७७

-आस्था न्युज

२८ कार्तिक २०७७ ,भक्तपुर l  भक्तपुर क्यान्सर अस्पताल सरकारको स्वामित्वमा आएको छ l लामो समयसम्म बिबादमा रहेको यस अस्पताललाई बिकास समिति गठन गरी संचालन गर्ने नेपाल सरकारको निर्णय भए संगै स्वत सरकारको मातहतमा संचालनमा आएको हो l

 

नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७७ /०७/२४ को बैठकले भक्तपुर क्यान्सर अस्पताल संचालन र नियमित गर्न भक्तपुर क्यान्सर अस्पताल बिकास समिति गठन गर्ने निर्णय भए संगै नेपाल सरकारको मातहतमा संचालनमा आएको छ l राष्ट्रपतिको तस्बिर राखी विधिवत रुपमा अस्पतालले नेपाल सरकार अन्तर्गत आफ्नो नियमित कार्य संचालन गरेको अस्पतालका निर्देशक प्रा.डा. ऋषिकेश श्रेष्ठले जानकारी दिनुभएको छ l

 

अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारी  र अस्पताल प्रशासनले नेपाल सरकारको निर्णयको स्वागत गर्दै  भविष्यमा अस्पतालको बिकास . क्यान्सर बिरामीहरुले सस्तो , सुलभ र गुणस्तरीय सेवा पाउने आशा र कर्मचारीहरुको स्थायित्व र वृद्धि बिकासको अपेक्षा राखेको बताएको छ l

 

स्वामित्व संगै नेपाल सरकारबाट नियमित प्राप्त हुने बजेट र सहयोगले  क्यान्सर रोगको विशिष्ट अस्पतालको रुपमा यस अस्पताल स्थापित भई क्यान्सर रोगमा प्रयोग हुने सम्पूर्ण उपचार उपलब्ध हुने बिश्वाश अस्पताले लिएको छ l

 

नेपाल सरकारको भक्तपुर क्यान्सर अस्पताल बिकास समिति गठन गर्ने निर्णय भए संगै लामो समय सम्म रही रहेको अन्योलता र अस्पताल व्यवस्थापन समिति र अस्पताल प्रशासन बिचको तिक्तता हटेको छ l