तिहारको भाइटिका सकियो, प्रधानमन्त्रीले टिका लगाए

मंसिर ०१,२०७७

-

 
काठमाडौं । तिहारको भाइटिका दिन आज आफ्ना दिदिबहिनी दाजुभाई विच टिका लगाएर मनाईएको छ । 
  प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनी कौशल्या कोइरालाको हातबाट भाइटीका लगाएका छन् । कोइराला आफ्ना दाजु तथा प्रधानमन्त्री ओलीलाई भाइटीका लगाइदिन बालुवाटार पुगेकी थिइन्  । 
कोइरालाले प्रधानमन्त्री ओलीलाई सप्तरंगी टीका, मखमलीका साथै दुबोको माला पहिरियाइदिएकी थिइन् भने सगुन पनि दिइन् । यस्तै प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई समेत कोइरालाले टीका लगाइदिएकी थिइन् । 
 
  त्यसपछि प्रधानमन्त्री ओलीले बहिनीलाई पनि सप्तरंगी टीका र मालाका साथै दक्षिणा प्रदान गरेका थिए ।  कोरोनाको असहज परिस्थितिका कारण ओलीका अरु दिदीबहीनी भाइटीकामा सरिक भएनन् । 
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्ने गर्छन् ।  लकडाउनका कारण समस्यामा परेका नागरिकहरुलाई निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले आज भाइटीकाको दिन सर्वसाधारणहरुलाई टीका लगाइदिएको छ । 
 
गत वर्षको चैत १४ गतेबाट काठमाडौंको खुलामञ्चमा निःशुल्क खाना खुवाइरहेको हाम्रो टीम नेपालले आज सर्वसाधारणर्लाइ भाइटीका लगाइदिएको हो । कोही पनि दाजुभाइको निधार खाली नहोस भनेर खुलामञ्चमै भाइटीका लगाइएको हाम्रो टीम नेपालकी संस्थापक सदस्य कविता पौडेलले बताइन् । 
 
 कोरोनाका कारण आफ्नो दिदीबहिनीहरुलाई भेट्न जान नपाएका दाजुभाइहरुलाई आज भाइटीकाको दिन सप्तरंगी टीकासँगै मखमलीको माला र ढाका टोपी लगाइदिएको पनि उनले बताइन् । 
यो वर्ष आफ्ना दिदीबहिनीहरुबाट टाढा भएपनि खुलामञ्चमा हाम्रो टीम नेपालका सदस्यहरुबाट भाइटीका लगाएका सर्वसाधारणहरु खुसी देखिएका छन् ।
 
  लकडाउनपछि निरन्तर खाना खुवाइरहेको सो समूहले दशैंमा पनि सर्वसाधारणहरुलाई टीका र जमरा लगाइदिएको थियो । मंसिर २ गतेबाट भने खुलाञ्चमा निःशुल्क खाना खुवाउने अभियान बन्द हुने भएको छ । 
 
काठमाडौं महानगरपालिकाले स्वस्थ्य सुरक्षाको जोखिमलाई मध्यनजर गर्दै खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियान बन्द हुने भएको हो । महानगरपालिकाले व्यवस्थित ठाउँमा खाना खुवाउने व्यवस्थापन गर्न आग्रह गर्दै महानगरपालिकाले सक्दो सहयोग गर्ने बताएको छ । त्यसैगरि, यसपाली रानीपोखरीमा टिका लगाउने कार्यक्रम सम्पन्न भएको छ । भुकम्पले क्षतिग्रस्त भएपछि पुननिर्माण गरिएकोले टिका कार्यक्रम राखिएको थियो ।