प्रहरी वरिष्ठ उपरीक्षकको सरुवाः काठमाडौंमा अशोक सिंह, ललितपुरमा किरण बज्राचार्य

मंसिर ०५,२०७७

-

मंसिर ५, २०७७ काठमाडौं ।
नेपाल प्रहरीले प्रहरी वरिष्ठ उपरीक्षकको सरुवा गरेको छ ।
 
जसअनुसार काठमाडौं प्रहरी प्रमुखमा एसएसपी अशोक सिंह र ललितपुरको प्रमुखमा किरण बज्राचार्य सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
 
हाल काठमाडौंमा श्याम ज्ञवाली र ललितपुरमा टेकप्रसाद राई प्रहरी प्रमुख छन् ।