मुआब्जा नदिएको भन्दै द्रुतमार्ग निर्माणमा खोकनावासीको अवरोध

मंसिर ०५,२०७७

-

मंसिर ५, २०७७ काठमाडौं ।
काठमाडौं-तराईरमधेश द्रुतमार्ग आयोजनाले व्यक्तिगत जग्गामा प्रवेश बिन्दु बनाएको भन्दै खोकनावासीले निर्माण कार्यमा अवरोध गरेका छन् ।
 
स्थानीयले शुक्रबार खुदोलमा गएर प्रवेश बिन्दु निर्माणमा अवरोध गरेका हुन । आफूहरूलाई जानकारी नदिई सरकारले धमाधम व्यक्तिगत जग्गामा द्रुतमार्गको काम गरेपछि बाध्य भएर विरोध गर्नुपरेको जनसरोकार समिति खोकनाका कोषाध्यक्ष कृष्ण डंगोल बताउँछन् ।
 
स्थिति तनावग्रस्त हुन लागेको भन्दै थप प्रहरी पठाइएको जिल्ला प्रशासन कार्यालय, ललितपुरले जानकारी दिएको छ ।
 
खोकना, बुङमती र डुकुछापका स्थानीयले जतिसुकै मुआब्जा निर्धारण भए पनि आफ्नो जग्गा छाड्न नसक्ने बताउँदै आएका छन्