अमेरिकामा कोरोना खोपको आपत्कालीन प्रयोगका लागि अनुमति दिने तयारी

मंसिर ०६,२०७७

-

मंसिर ६,२०७७ काठमाडौं। 
 
अमेरिकामा कोरोना संक्रमितलाई खोप दिन औषधि निर्माता कम्पनी फाइजर र उसको सहयोगी बायोटेकलाई अनुमतिको तयारी भएको छ ।
 
अनुमतिका लागि फाइजरले अमेरिकी खाद्य एवं औषधि प्रशासन (एफडीए)मा आवदेन दिएको छ ।
 
यो खोपको परीक्षणको क्रममा ६५ वर्ष भन्दामाथिका ९४ प्रतिशतमा प्रभावकारी देखिएको दाबीसँगै उसलाई अनुमति दिने तयारी भएको हो ।
 
यद्यपि अमेरिकी खाद्य एवं औषधि प्रशासन ९एफडीए०ले यस कम्पनीको खोप सुरक्षित छ कि छैन भनेर निर्धारण गर्न बाँकी नै छ ।
 
उसले यसको परीक्षण गरेर डिसेम्बर दोस्रो सातासम्म खोपको अनुमति दिने अपेक्षा गरिएको छ ।
 
फाइजरले तयार पारेको खोप परीक्षण गरिएका ४१ हजार जनामध्ये ९४ प्रतिशतलाई ठीक भएको दाबी गरिएको थियो ।