प्रिमियर लिगः लेष्टर सिटीलाई पराजित गर्दै लिभरपुल दोस्रो स्थानमा

मंसिर ०८,२०७७

-

मंसिर ८,२०७७ काठमाडौं ।
लेष्टर सिटीलाई हराउँदै लिभरपुल इंग्लीश प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।
 
गएराति आफ्नै मैदानमा भएको खेलमा साविक विजेता लिभरपुल ३-० ले विजयी भयो ।
 
लेष्टरविरुद्धको खेलमा लिभरपुलका लागि डिएगो योटा र रोबर्टो फर्मिनोले एक एक गोल गरे ।
 
लेष्टरका जोनी इभान्सले एक आत्माघाति गोल गरे । प्रिमियर लिगकै अर्को खेलमा लिड्स युनाइटेडले आर्सनललाई गोलरहित बराबरीमा रोकेको छ ।
 
यसैगरी वेष्ट ह्याम युनाईटेडले शेफिल्ड युनाईटेडलाई १-० ले हराउँदा एभर्टनले फुल्हममाथि ३-२ को जित निकाल्यो ।
 
फुल्हमको मैदानमा भएको खेलमा एभर्टनलाई विजयी गराउन डोमिनक काल्भर्ट लेविनले दुई तथा डोकोरेले एक गोल गरे ।
 
फुल्हमका लागि रुबेन लोफ्टस चेक र डे कोर्दोभाले दुई गोल फर्काए । गएरातिका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा ९ खेलबाट २० अंक जोडेको टोटनह्याम हट्सपर शिर्ष स्थानमा रहँदा समान २० अंक जोडेको लिभरपुल दोस्रो स्थानमा उक्लिएको छ ।
 
तेस्रो र चौथो स्थानमा रहेका चेल्सी र लेष्टर सिटीको समान १८-१८ अंक छ । एजेन्सी