Trending :
 

आर्थिक प्रसङ्ग

ह्वात्तै बढ्यो सुनको भाउ

श्रावण १५,२०७४

-

१५ श्रावण,काठमाडौँ-

आज नेपाली बजारमा सुनको बजार भाउ बढेको छ । भाउ बढेसँगै सुन प्रतितोला ५५ हजारको हाराहारीमा पुगेको छ । आज साताको पहिलो दिन सुन चार सय रुपयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारसम्म तोलामा ५४ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा आइतबार ५४ हजार ८ सय रुपैयाँ कायम भएको छ। यो मूल्य डेढमहिनायताकै महँगो हो।

त्यस्तै चाँदी पनि तोलामा १० रुपैयाँले महँगिएको छ।

अघिल्लो दिन ७३५ रुपैयाँमा कारोबार भएकोमा आज ७४५ कायम भएको महासंघले जनाएको छ।