संसारकै अग्लो स्थानमा छायाँकन गरिएको म्युजिक भिडियोको टिमले गिनिज बुकमा राख्यो नाम

चलचित्र निर्देशक माधव राज खरेल, निर्माताद्धय कमला जोशी, पुष्कर नेपाल र गायक पुर्ण राईले नाम लेखाउन सफल भएका हुन् :

मंसिर ११,२०७७

-आस्था न्यूज

मंसिर ११,२०७७ काठमाडौं ।
 
चलचित्र निर्देशक माधव राज खरेल, निर्माताद्धय कमला जोशी, पुष्कर नेपाल र गायक पुर्ण राईले गीनिज बुक अफ वल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन् । 
 
संसारको अग्लो स्थानमा छायाँकन गरिएको म्युजिक भिडियो हाम्रो साझा हिमाललाई गीनिज बुक अफ वल्ड रेकर्डमा स्थापित गराउदै नेपालीहरुका लागी नयाँ सफलता दिलाउन सफल भएका हुन् ।
 
 
लामो समय देखी नेपाली चलचित्र क्षेत्रमा होमिएको खरेलको टिमले पाएको सफलता सम्पुर्ण नेपाल र नेपालीहरुको लागी गौरवको विषय बनेको छ । अहिले सम्म कसैले पनि उक्त शिर्षकमा भिडियो निर्माण नगरेको र यो नै पहिलो सफलता भएको गीनिज बुक अफ वल्ड रेकर्डमा उल्लेख छ । 
 
 
किर्तिमानी टिमका सदस्यहरुले अग्लो स्थान मात्रै नभएर एकै  स्थानमा क्यामेराको एङ्गल मात्रै चेन्ज गरेर तयार पारिएको भिडियोले संसारकै उच्च सफलता दिएकोमा खुशी व्यक्त गरेका छन् ।
 
नेपालको रमणीय पर्यटकिय नगरी सोलुखुम्बुको गोक्यो ९ ४ हजार ७ सय ६८ मिटरको उचाईमा २०७६ असोज १० गते उक्त गीतको छायांकन गरिएको थियो । गीतमा हिमाल भनेको संसाको साझा हो र विश्वले यसलाई धर्तिको स्वर्गको रुपमा लिदै यसको संरक्षण र प्रवद्र्धनमा सबैले लाग्नुपर्नेमा जोड दिईएको छ ।
 
गिनिज वल्र्ड रेकर्डवाट प्राप्त प्रमाण पत्र केही दिन पछि विशेष कार्यक्रम गरी किर्तिमानधारी व्यक्तित्वहरुलाई प्रदान गरिने आयोजक पिम नेपालले जनाएको छ ।