दक्षिण एसियाली खेलकुदको खर्च विवरण एक वर्षपछि सार्वजनिक
-
मंसिर १४,२०७७ काठमाडौं ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज १३ औं दक्षिण एसियाली खेलकुदको खर्च विवरण एक वर्षपछि सार्वजनिक गरिएको छ ।
राखेप सदस्यसचिव रमेशकुमार सिलवालले सागमा पूर्वाधार निर्माणतर्फ २ अर्ब ८६ करोड १४ लाख २८ लाख ९७३ खर्च भएको बताएका छन् ।
सागको खर्च विववरण समयमा सार्वजनिक गर्न नसक्नुका पछाडि काठमाडौँ पोखरा र जनकपुरबाट हिसाबकिताब समयमा प्राप्त नहुनुलाई मानेका छन् ।
राखेपले साग खर्चका लागि सरकारबाट प्राप्त रकममध्येबाट जोगिएको १ अर्ब ६६ करोड फिर्ता गरेको बताइएको छ ।
साग आयोजनामा राखेपले काठमाडौँ, पोखरा र जनकपुर सचिवालयको खर्च छुट्टा छुट्टै र विभिन्न समिति तथा उपसमितिहरुले गरेको खर्चका शीर्षक छुट्याएर राखिएको छ ।
यस्तै, राखेपले आम्दानीका स्रोतमा सरकारबाट प्राप्त, टिकटबाट उठेको रकम, विज्ञापनको रकम र सहभागि राष्ट्रबाट प्राप्तभन्दै चार शीर्षक छुट्याएको छ ।
जसबाट १ अर्ब ३७ करोड २७ लाख ९४ हजार ४ सय २३ रुपैयाँ छ ।
उक्तविवरण मध्ये ३ करोड ५५ लाख ७१ हजार १३७ रुपैया बैंकमा रहेको र १ करोड ९३ लाख ८० हजार २२४ रुपैया फ्रिज भएको सागको खर्च विवरण सार्वजनिक गर्दै राखेप सदस्यसचिव सिलवालले बताएका छन् ।
यस्तै, साग आयोजना पूर्व गठित समितिले सागमा ३ अर्बभन्दा बढी बजेट खर्च हुने अनुमान गरेको थियो । तर, सदस्यसचिव सिलवालले त्यसको झण्डै आधामा साग आयोजना गरेको स्पष्ट पारेका छन् ।
राखेपले १३ औं सागका पदक विजेता खेलाडी, प्रशिक्षक र सहभागि राष्ट्रिय संघहरुलाई पुरस्कारवापत २२ करोड ७६ लाख वितरण गरेको जनाएको छ ।
सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कास्य गरी २०७ पदक जितेको थियो ।
उनले अनुमानित रकम गलत नभएको तर, विभिन्न शीर्षकको खर्च कटौती गर्दै प्रतियोगिता आयोजना गर्दा कम खर्च भएको बताएका छन् ।
‘खर्च अनुमान गर्दा शीर्षक फरक-फरक थियो । जस्तै, खेलाडीले अभ्यास गर्दा इलेक्टिानिक डिभाइस प्रयोग गर्ने, ओपनिङ र समापन अझै भव्य गर्ने भन्ने थियो । त्यसमा पनि शीर्षक घटायौं, सुरक्षाको खर्चमा पनि घटायौं,’ सदस्यसचिव सिलवालले भने ।
सदस्यसचिव सिलवालले साग आयोजनाका क्रममा भएका विभिन्न शीर्षकका भत्ता समेत आफुले नलिइ यसैमा राखेको बताएका छन् । आफुले मात्रै नभइ अरु कर्मचारी र पदाधिकारीहरुले समेत त्यस्तो गरेको उनले पत्रकार सम्मेलनमा बताएका छन् । त्यो पनि खर्च कम हुनुको कारण रहेको उनले बताए ।