ओमानले अब नयाँ नेपाली श्रमिक लिने

मंसिर १६,२०७७

-

मङ्सिर १६,२०७७ काठमाडौं ।
ओमानले अब नयाँ नेपाली श्रमिक लिने भएको छ ।
 
एक सूचना जारी गर्दै ओमानस्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरण पुनः थालिएको जनाएको छ ।
 
ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले योग्य कम्पनीहरूबाट आएको मागपत्र मात्र प्रमाणीकरण गरिने बताइन् ।
 
मागपत्र प्रमाणीकरण हुने भएपछि अब नेपालबाट नयाँ श्रमिकका लागि रोजगारी खुला भएको छ । यसअघि भिसा लगेर बसेका नेपाली श्रमिकहरु पनि अब प्रवेस पाउने छन् ।
 
यस्तै कोरोना सम्बन्धी बनेको सर्वोच्च समितिले पर्यटक भिसा भएकाहरुलाई पनि मुलुकमा प्रवेश दिने निर्णय गरेको छ । त्यहाँ पुगिसकेपछि कोरोना सम्बन्धी नियमहरु भने पालना गर्नु पर्नेछ ।