Trending :
 

विश्वभर १५ लाख २३ हजार ५५० कोरोना संक्रमितको मृत्यु

मंसिर २०,२०७७

-

मंसिर २०, २०७७ काठमाडौं ।
विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ६ करोड ६२ लाख १० हजार ३६५ पुगेको छ । वर्ल्डोमिटर्सका अनुसार विश्वभर पछिल्लो २४ घण्टामा ६ लाख ६७ हजार ३६१ नयाँ संक्रमित थपिएका छन् ।
 
यस्तै, कोरोना मुक्त हुनेको संख्या चार करोड ५७ लाख ९७ हजार ४८१ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ११ हजार ९१२ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या १५ लाख २३ हजार ५५० पुगेको छ ।
 
हालसम्म सक्रिय संक्रमितको संख्या एक करोड ८८ लाख ८८ हजार ७३९ पुगेको छ भने तीमध्ये एक लाख ६ हजार ७१ जनाको अवस्थाका गम्भीर रहेको छ ।