नम्रता श्रेष्ठले जितिन् ‘मिस नेपाल २०२०’को उपाधी

मंसिर २०,२०७७

-आस्था न्यूज

मंसिर २०,२०७७ काठमाडौं ।
 
कोरोना महामारीका वावजुत पनि सिमित मानिसहरुको उपस्थितीमा आयोजित ‘मिस नेपाल २०२०’को उपाधी नम्रता श्रेष्ठले जितेकी छिन् । यो बर्षको ‘मिस नेपाल ’मा २० जना प्रतिस्पर्धी सहभागी थिए । 
 
देशभरबाट आएका २ सय भन्दा बढी आवेदनबाट छानिएका २० जना प्रतिस्पर्धीहरुविचको कडा प्रतिस्पर्धा काठमाण्डौको बुढानिलकण्ठमा रहेको पार्क भिलेज रिसोर्टमा आयोजना गरिएको थियो ।
 
कार्यक्रमको प्रमुख निर्णायक मिखा माथेमाले सोधेको–‘कल्पना गर्नुहोस् तपाई एउटा सानो ढुंगा हो । जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ । तपाई नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग कसरी फैलाउन चाहनुहुन्छ?’ भन्ने प्रश्नमा उत्कृष्ट जवाफ दिदै नम्रताले ताज जितेकी हुन् । 
 
नम्रताले यो प्रश्नको जवाफमा आफ्नी आमालाई संझिएकी थिइ । नेपाली महिला सशक्त हुने उल्लेख गर्दै उनले नेपाली महिलाहरु सकारात्मक सोचले अगाडि बढ्ने गरेको र यसैको आधारमा संसारलाई जित्न सकिने बताएकी थिइन् ।