आफ्नै गीत ‘मायारी’ को मोड्लिङमा देखिईन गायिका सुस्मिता

मंसिर २२,२०७७

-आस्था न्यूज

मंसिर २२,२०७७ काठमाडौं ।
गायिका सुस्मिता स्याङ्तान र गायक एंव संगीतकार कर्साङ लामाको आवाजमा ‘मायारी’ बोलको गीत बजारमा आएको छ ।
 
म्हार्मेन मिडियाको अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको उक्त गीतमा गायिका सुस्मिता स्याङ्तान पहिलो पटक आफ्नै गीतमा मोड्लिङमा देखिएकी छिन ।
 
आफुले पछिल्लोपटक तामाङ प्रेम गीत बजारमा ल्याएको र दर्शक तथा स्रोताहरुले मन पराउनेमा विश्वस्त रहेको गायिका स्याङतानले बताएकी छिन ।
 
सार्वजानिक गरिएको उक्त गीतलाई गीतकार एंव सञ्चारकर्मी विवेक लोप्चनले लेखेका हुन भने उनै गायक एंव संगीतकार कर्साङ लामाले संगीत, संगीत संयोजन र मिक्सिङ गरेका हुन । पारीजात रेकर्डिङ स्टुडियोमा उक्त गीत रेकर्ड गरिएको हो ।
 
देबराज गुरुङ्द्धारा निर्देशित भिडियोलाई गंगाराम राइले छायांकन, सम्पादन र कलर गरेका हुन ।