अमेरिकामा पनि कोरोना खोप प्रयोग गर्न अनुमति
-
मंसिर २७,२०७७ काठमाडौं ।
अमेरिकाले फाइजर र बायोएनटेकले संयुक्त रुपमा बनाएको कोरोना खोपको आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ । शुक्रबार अमेरिकाको खाद्य तथा औषधि प्रशासन९एफडीए० ले फाइजरको कोरोना खोपको आपत्कालीन प्रयोगका लागि अनुमति दिएको हो ।
समाचार संस्था रोयटर्सका अनुसार केही दिनमा अमेरिकामा कोरोना खोप वितरण सुरु हुनेछ ।
यसअघि चिकित्सकहरुको २३ सदस्यीय कार्यदलले एफडीएलाई फाइजर–बायोएनटेकको कोरोना खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिन सुझाव दिएका थिए ।
पहिलो चरणमा स्वास्थ्यकर्मी र जोखिम समूहमा रहेकालाई कोरोना खोप दिइने बताइएको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भिडियो सन्देश जारी गर्दै २४ घण्टाभित्र कोरोना खोप प्रयोगमा आउने बताएका छन् ।
९ महिनाभित्रै कोरोना खोप निर्माण हुनु विज्ञानमा चमत्कार भएको उल्लेख गर्दै ट्रम्पले सबै अमेरिकी नागरिक कोरोना खोप निस्शुल्क रुपमा वितरण गरिने बताएका छन् ।
यसअघि बेलायतले फाइजरको कोरोना खोप प्रयोगमा ल्याइसकेको छ । बहराइन, क्यानडा, साउदी अरबले पनि फाइजरको कोरोना खोपको आपत्कालीन प्रयोगका लागि अनुमति दिइसकेका छन् भने भारतमा आपत्कालीन प्रयोगका लागि कम्पनीले अनुमति मागेको छ ।