Trending :
 

अमेरिकाले सोमबारबाट कोरोनाविरुद्धको खोप लगाउन सुरु गर्ने

मंसिर २८,२०७७

-

मंसिर २८,२०७७ काठमाडौं ।
 
अमेरिकामा सोमबारबाट कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने भएको छ ।
 
अमेरिकाले फाइजररबायोएनटेक खोप दिन लागेको हो । अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन ९एफडीए०ले यसलाई कोरोना भाइरसविरुद्ध ९५ प्रतिशत प्रभावकारी र सुरक्षित भनेको छ ।
 
एफडीएले यो खोप प्रयोग गर्न गत शुक्रबार मात्रै अनुमति दिएको थियो ।
 
खोप लगाउन सुरु गर्नुभन्दा अगाडि ३० लाख डोज सबै राज्यहरुमा पुर्याइने अधिकारीहरुले बताएको बीबीसीले जनाएको छ ।
 
कोरोना महामारीबाट अमेरिका विश्वमै सबैभन्दा बढी प्रभावित देश हो ।