साताको पहिलो दिन नेप्से दोहोरो अंकले बढोत्तरी

मंसिर २८,२०७७

-

मंसिर २८,२०७७ काठमाडौं । 
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिन आज (आइतबार) दोहोरो अंकले बढेको छ ।
 
नेप्सेको वेबसाइट अनुसार आज नेप्से ४६.४३ अंकले बढेर दुई हजार १० दशमलब ४५ विन्दुमा पुगेको छ भने ४ अर्ब ८९ करोड ९४ लाख ८४ हजार १३१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
 
आज कारोबार भएका कूल १२ उपसमूहमध्ये तीन समूहबाहेक अन्य सबै समूहमा हरियाली देखिएको छ ।