आर्थिक प्रसङ्ग
श्रावण १८,२०७४
-रासस
१८ श्रावण,काठमाडौँ-
अन्तर्राष्ट्रिय बजारमा ग्याँसको मूल्य घटेसँगै नेपाल आयल निगमले खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ घटाएको छ ।
पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्यमा भने कुनै परिवर्तन भएको छैन ।
प्रतिसिलिन्डर ग्याँसमा २५ रुपैयाँ मूल्य घटेपछि अब एक सिलिन्डर ग्याँसको मूल्य १ हजार ३ सय २५ कायम भएको निगमले जनाएको छ ।
यसअघि प्रतिसिलिन्डर ग्याँसको मूल्य १ हजार ३ सय ५० रुपैयाँमा थियो ।
मूल्य घटेपछि पनि निगमलाई प्रतिसिलिन्डर ग्याँसमा ७४ रुपैयाँ ९० पैसा नाफा हुने बताइएको छ ।
नेपाल आयल निगम सञ्चालक समितिको बैठकले मूल्य घटाएको हो ।
नयाँ मूल्यअनुसार निगमलाई प्रतिलिटर पेट्रोलमा ४ रुपैयाँ ८४ पैसा नाफा र डिजेलमा १ रुपैयाँ १८ घाटा छ ।
त्यस्तै मट्टीतेलमा १७ रुपैयाँ १३ पैसा नाफा छ भने हवाई इन्धन (आन्तरिक) मा ९ रुपैयाँ १६ पैसा र हवाई इन्धन बाह्यतर्फ २० रुपैयाँ २९ पैसा नाफा छ ।
प्रमुख समाचार