कोरोना कोषमा १ अर्ब ७८ करोड ८२ लाख ६३ हजार ३२४ रुपैयाँ जम्मा

मंसिर ३०,२०७७

-

मंसिर ३०,२०७७ काठमाडौं।
कोरोना संक्रमण रोकथाम तथा उपचार कोषमा हालसम्म १ अर्ब ७८ करोड ८२ लाख ६३ हजार  ३ सय २४ रुपैयाँ जम्मा भएको छ । महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको आम्दानी तथा खर्च विवरणमा सो रकम आम्दानीको रुपमा देखाएको छ । 
 
यस्तै खर्च १ अर्ब ४० करोड ३७ लाख ८४ हजार ९ सय रुपैयाँ भएको माहालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । 
 
कोरोना कोषबाट साउन १८ गते ५ करोड ५२ लाख ३० हजार ३ सय ५० रुपैयाँ ट्रान्सफर भएको थियो । यस्तै भदौ ८ गते ३९ करोड २० लाख ३९ हजार ५ सय ५० रुपैयाँ , भदौ २२ गते ९३ करोड ४० लाख ४ हजार रुपेयाँ र कात्तिक २८ गते २ करोड २५ लाख ११ हजार रुपैयाँ कोषबाट रकम खर्चका लागि ट्रान्सफर भएको थियो ।  कोरोना कोषमा अब ३८ करोड ४४ लाख ४८ हजार ४ सय २४ रुपैयाँ रहेको छ ।
 
सरकारको मन्त्रिपरिषदको गत चैत ९ गतेको निर्णय बमोजिम यो कोष सञ्चालनमा आएको थियो ।  यस कोषमा जम्मा भएको रकम कोरोना रोकथाम तथा उपचारमा खर्च गर्ने, उपचार सामाग्रीको आपुर्ति तथा पूर्वाधार निर्माणमा र सो कार्यका लागि जनशक्ति परिचालनमा खर्च गर्ने भनिएको थियो ।