Trending :
 

टर्कीमा कोरोना अस्पतालमा अक्सिजन भेन्टीलेटर विष्फोट हुँदा ९ जनाको मृत्यु

पौष ०५,२०७७

-

पुस ५, २०७७ काठमाडौं ।
 
टर्कीको एउटा कोरोना अस्पतालमा अक्सिजन भेन्टिलेटर बिस्फोट हुँदा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
 
टर्कीको गाजियान्टेप शहरमा रहेको सान्को युनिभर्सिटी अस्पतालमा अक्सिजन भेन्टिलेटर बिस्फोटपछी आगलागी समेत भएको थियो ।
 
तर मृतकको शरिरमा आगलागीका कुनैपनि लक्षण देखिएको थिएन । भेन्टिलेटर विष्फोट हुँदा अक्सिजनको मात्रामा भएको कमीले उनीहरुको मृत्यु भएको आशंका गरिएको छ ।
 
बिहानको समयमा भएको सो घटनामा ८ जनाको घटनास्थलमा र अर्का एक बिरामीको अर्को अस्पतालमा लैजाने क्रममा मृत्यु भएको हो ।
 
मृत्यु हुनेमा ५६ देखि ८५ बर्ष उमेर समुहका रहेका छन् । घटना लगत्तै सो अस्पतालमा उपचाररत बिरामीहरुलाई अन्य अस्पतालमा सारिएको छ ।
 
घटना प्रति समवेदना प्रकट गर्दै टर्कीका राष्ट्रपतिका प्रवक्ता इब्राहिम कालीनले ट्वीट गर्दै अन्य बिरामीको हकमा सक्दो छिटो उपचार गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
 
टर्कीमा करीब २० लाखलाई कोरोना संक्रमण हुँदा १७ हजार ६ सय बढीको मृत्यु भइसकेको छ । एजेन्सी