‘जाँडरक्सी मुक्त अभियान’ सहितको ‘ललितपुर-जनकपुर दौड’का धावक सम्मानित
-आस्था न्यूज
पुस ५, २०७७ काठमाडौं ।
विवाह पञ्चमीको अवसरमा जाँडरक्सी मुक्त अभियानका लागि आयोजित दोस्रो ललितपुर–जनकपुर दौडमा सहभागी धावकलाई सम्मान गरिएको छ ।
आइतबार रिपोर्टर्स क्लव नेपालमा आयोजित एक कार्यक्रमबीच क्लबका अध्यक्ष ऋषि धमला र सामाजिक अभियन्ता पुण्य गौतमको उपस्थितिमा अन्र्तराष्ट्रिय धावक राम सुन्दर कार्की, साग स्वर्ण पदक विजेता कृष्ण बस्नेतलाई सम्मान गरिएको हो ।
‘जाँड रक्सी मुक्त नेपाल घोषणा गरौ’ भन्ने उद्देश्य प्राप्तीको लागि शान्ती दौड कार्यक्रमको समापन कार्यक्रममा बोल्दै धावक कार्कीले यो अभियानले समाजलाई परिवर्तन गर्ने उद्देश्य राखेको बताए ।
उनले देशमा जाँडरक्सी मुक्त अभियान सफल भए समृद्धि र शान्ति हासिल हुने बताए ।
उनले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिए । ‘मलाई दौडको क्रममा सबै स्थानबाट सहयोग गर्नुहुने सबैलाई धन्यवाद ।’ उनले भने, ‘आउँने दिनमा पनि सबैबाट सहयोगको अपेक्षा गर्दर्छु ।’
कार्यक्रमका संयोजक राधे खड्काले सबैको सहयोगले यो विशेष कार्यक्रम सम्पन्न गर्न सफल भएको बताए । उनले दौडले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरे ।
पौष १ गते गोदावारी नगरपालिकाकी उपमेयर मुना अधिकारीले उद्घाटन गरेर सुरु भएको दौड ललितपुरको गोदावरीबाट सुरु भएर पुस ३ गते जनकपरमा विवाह पञ्चमीको दिन समापन भएको थियो ।
दौड यात्राको टोलीलाई जनकपुर मन्दिरका पुजारी र चेम्बर अफ कर्मसले अभिनन्दन गरेका थिए । कार्यक्रमको संयोजन सहकारी पार्टीका अध्यक्ष राधे खड्काले गरेका हुन् ।
प्रमुख धावक राम सुन्दर कार्की नेपालका ७७ जिल्ला तथा भारत, भुटान लगायत धेरै देशहरुमा दौडिसकेका छन् ।