Trending :
 

बेलायतमा कोरोनाको नयाँ स्वरुप देखियो, एकै दिन सात सयभन्दा बढीको मृत्यु

पौष ०९,२०७७

-

पुस ९,२०७७ काठमाडौं ।
बेलायतमा कोरोना संक्रमणका कारण एकैदिनमा  सात सय भन्दा बढीको मृत्यु भएको छ । 
 
यो संख्या कोरोना संक्रमणको दोस्रो लहर शुरु भएयताकै सबैभन्दा  बढी हो। 
 
हाल बेलायतमा कोरोना भाइरसले नयाँ स्वरुप परिवर्तन गेरेपछि संक्रमण दर तीव्र रुपमा बढ्दै गएको हो । पछिल्लो २४ घण्टामा मात्र थप सात सय ४४ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसल  केयर’ ले जानकारी दिएको छ । 
 
यससँगै बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६९ हजार ५१ पुगेको छ । यसैगरी केरोना भाइरसका संक्रमितको संख्या पनि दोस्रो लहर सुरु भएयताकै सबै भन्दा बढी भएको छ ।
 
संक्रमित संख्या पनि गएको २४ घण्टामा ३९ हजार २७ ३ पुगेको छ । हालसम्म बेलायतमा कोरोना संक्रमितको संख्या २१ लाख ४९ हजार ५ सय ५१ पुगेको छ ।