Trending :
 

आर्थिक प्रसङ्ग

क्षत्रीले पाए प्रीति चाउचाउको एक लाख

श्रावण १९,२०७४

-रासस

१९ श्रावण,काठमाडौँ-

 प्रीति चाउचाउले उत्कृष्ट आफ्नो योजनाअन्तर्गत उत्कृष्ट भोक लेखी पठाउनेमध्येका कृष्ण चौहान क्षत्रीलाई सम्मान स्वरूप १ लाख रुपैयाँ नगद प्रदान गरेको छ । एसियन थाई फुड्स प्रालिका तर्फबाट वसन्त श्रेष्ठले उनलाई १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

५३ पटक रक्तदान गरिसकेका क्षत्रीले नेपाल स्वयंसेवी रक्तदाता समाज नै स्थापना गरी संस्थाको अध्यक्ष भई धेरै रक्तदातालाई रक्तदान अभियानमा समावेश गराउँदै आएका छन् ।

रक्तदान अभियानमा आफैंले कार्यक्रम आयोजना गर्दै स्वयंसेवी रक्तदाताले रगत र आर्थिक सहयोग गरी उनको संस्था अगाडि बढ्दै गएको पनि बताएका छन् ।

रक्तदाताहरूले स्वेच्छिक रूपमा गरेको रगत बिरामीलाई निःशुल्क दिनुपर्छ भन्ने मान्यतालाई उनले जोड दिँदै आएका छन् । अहिलेका ब्लड बैंकहरू सबैले लागत शुल्क भन्दै निःशुल्क रूपमा प्राप्त रगतलाई बेचबिखन गर्ने कार्य गर्दै आएका छन् ।