Trending :
 

चीनको पूर्वीक्षेत्रमा अन्धाधुन्ध चक्कु आक्रमणबाट सात जनाको मृत्यु

पौष १३,२०७७

-

पुस १३, २०७७ काठमाडौं ।
 
चीनको पूर्वीक्षेत्रमा अन्धाधुन्ध चक्कु आक्रमण भएको छ । आक्रमणमा परी कम्तिमा सातजनाको मृत्यु भएको छ ।
 
अन्धाधुन्ध चक्कु आक्रमणमा अन्य सातजना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यो घटना लिओलिंग प्रान्तको काइयुएन नामक सानो शहरमा भएको हो ।
 
घटनाको कारण खुलेको छैन । प्रहरीले आरोपित आक्रमणकारीलाई पक्राउ गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
 
आक्रमणकारीले अन्धाधुन्ध रुपमा मानिहरुमाथि चक्कु प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्। चीनमा हिंसात्मक अपराधहरु दुर्लभ भए पनि पछिल्ला वर्षहरुमा चक्कु आक्रमणका घटना बढ्दै गएका छन् ।