नरेन्द्र केसीको नयाँ सांगीतीक कोसेली “हेर ऐनामा” (भिडियो सहित)

पौष १४,२०७७

-आस्था न्यूज

पुस १४, २०७७काठमाडौं ।
गायक एबं सर्जक नरेन्द्र केसीको नयाँ सांगीतीक कोसेली “हेर ऐनामा” सार्वजनिक भएको छ । 
 
“हेर ऐनामा” नामक गीतमा नरेन्द्र केसी र चर्चित गायिका शान्ति श्री परियारको स्वर रहेको छ भने नरेन्द्र केसी कै शब्द, संगीत रहेको छ । गीतको भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् भने केशब राज भट्टको कोरियोग्राफी, उत्सब दाहालको छायांकन, बिकाश दाहालको सम्पादन रहेको छ ।
 
उक्त गीतको भिडियोमा चर्चित नायिका गीता ढुंगाना र प्रथम क्षत्रीको अभिनय रहेको छ । 
 
सोमबार विमोचन गरिएको सो कार्यक्रम नरेन्द्र केसीको सभापतित्वमा भएको थियो भने बेपत्ता तथा छानबिन आयोगका सदस्य डा.गंगाधर अधिकारी (चिन्तन) को प्रमुख आतिथ्यता रहेको थियो ।
 
साथै बरिष्ठ गायक बम बहादुर कार्की, धुन सम्राट बिबि अनुरागी, रेडियो नेपालका कुशल कार्यक्रम सञ्चालक भरत बमजन, नायिका गीता ढुंगाना लगायत अन्य कलाकार र पत्रकारहरुको उपस्थिती रहेको थियो । यस कार्यक्रमको सञ्चालन जिवन ढुंगेलले गरेका थिए भने मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” रहेका थिए ।
 
 गीतको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला -
 
https://www.youtube.com/watch?v=aJNDaSq0ot0&feature=emb_logo