‘मिस नेपाल युनिभर्स’को उपाधी अंशिका शर्माले जितिन्

पौष १६,२०७७

-

पुस १६,२०७७ काठमाडौं ।
 
गैर आबासीय नेपाली युबती अंशिका शर्मा मिस नेपाल युनिभर्सको बिजेता बनेकी छिन । मिस नेपाल ओशियानाको फस्ट रनर अप ९ उपबिजेता ० रहेकी २४ बर्षीया शर्मा अन्य १७ जना प्रतिस्पर्धीहरुलाई पछी पार्दै मिस नेपाल युनिभर्स २०२० को ताज पहिरिन सफल भएकी छिन ।
 
प्रबासी नेपालीहरुको दोश्रो पुषताले पाएको यो सफलताले एनआरएनहरुलाई गरौबान्वित बनाएको भन्दै गैर आबसीय नेपाली संघ अस्ट्रेलियाका अध्यक्ष केशब कंडेलले खुशी ब्यक्त गरे ।
 
बेल्जियमबाट प्रतिनिधित्व गरेकी अर्की गैर आबासीय नेपाली युबती ज्योती भट्ट निर्णायक हरुको रोजाईमा टप फाइभमा परेकी भए पनि दर्शकको भोटिङबाट पछाडि परेकी थिइन ।
 
प्रतिभाहरुको अत्यन्त कडा प्रतिस्पर्धा रहने मिस नेपाल युनिभर्स जस्तो ख्याती प्राप्त प्रतियोगितामा गैर आबासिय नेपालीहरुको प्रस्तुती उच्च स्तरको भएको निर्णायकहरुले प्रतिकृया दिएका छन ।