सेयर कारोबारमा चमक कायमै

पौष १६,२०७७

-

पुस १६,२०७७ काठमाडौं ।
 
साताको अन्तिम कारोबार दिन सेयर बजारमा कारोबार हुने अधिकांश कम्पनीहरुको सेयर मूल्य वृद्धि भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले सुधारिदा केहि कम्पनीहरु भने घटेका पनि छन् ।
 
नेप्से परिसूचक २५ दशमलव २१ अंकले बढेर २ हजार ८७ दशमलव २७ अंकमा पुगेको छ । उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७.४० अंकले उकालो लागेको छ । नेप्से परिसूच्कसँगै कारोबार रकममा पनि सुधार भएको छ ।
 
यस अघि बुधबारको कारोबारमा सेयर कारोबार रकम ४ अर्ब रुपैयाँमा सिमित भएको थियो । बिहीबार भने साढे ५ अर्ब भन्दा माथिको कारोबार भएको छ । दिनभर भएका ५० हजार ३ सय ८६ कारोबारबाट २ सय ७ कम्पनीका १ करोड १४ लाख ६४ हजार २ कित्ता सेयर किनबेच भएका छन् ।
 
जसअनुसार कारोबार रकम ५ अर्ब ७० करोड ३४ लाख ६९ हजार ८ सय ३७ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ । नेप्सेमा कारोबार हुने निर्जिबन बिमा समूहबाहेक सबै समूहहरु बढेर हरियाली देखिएका छन् ।