ब्रेन्टफोर्डलाई हराउँदै टोटेनह्याम काराबाओ लिग कपको फाईनलमा

पौष २२,२०७७

-

पुस २२,२०७७ काठमाडौं ।
इंग्लीश प्रिमियर क्लब टोटनह्याम हट्सपर लिग कप अर्थात काराबाओ कप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाईनल खेलमा च्याम्पियनसिप टिम ब्रेन्टफोर्डलाई २–० ले पाखा लगाउँदै जोजे मैरिन्होको टोली टोटनह्याम फाईनलमा पुगेको हो ।
 
खेलमा टोटनह्यामलाई विजयी गराउन सिसोको र सन ह्युङ मिनले एक एक गोल गरे । टोटनह्यामले अब उपाधिका लागि म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडबीच आज हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । एजेन्सी