डोनाल्ड ट्रम्पसहित ४८ अमेरिकी उच्च अधिकारीविरूद्ध पक्राउ पुर्जी !

पौष २२,२०७७

-

पुस २२, २०७७ काठमाडौं ।
 
अभियोगमा इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित ४८ अमेरिकी उच्च अधिकारीविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
 
इरानको रिभोल्युशनरी गार्ड कर्प्सका प्रमुख मेजर जनरल कासिम सुलेमानीको हत्या अभियोगमा ट्रम्पसहित ४८ अमेरिकी उच्च अधिकारीविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
 
इरानले अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमा रेड नोटिस पठाउँदै राष्ट्रपति ट्रम्पसहितका अमेरिकी अधिकारीहरुको गिरफ्तारीको माग गरेको अलजजिराले जनाएको छ ।
 
सन् २०२० को जनवरी ३ मा इराकको बगदादमा ड्रोन आक्रमण गरी अमेरिकाले जनरल सुलेमानीको हत्या गरेको थियो ।एजेन्सी